तिहार का लागी भारतबाट ३ लाख माला आयात, मूल्य बढ्यो

२०७९ कार्तिक ९, बुधबार
पढ्ने समय : < 1 मिनेट

कात्तिक ९

तिहारका लागि भारतबाट ३ लाख माला आयात भएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएशनका अनुसार यस वर्षको तिहारका लागि अपुग ३ लाख माला आयात भएको हो।।

तिहारमा यसपटक २० लाख सयपत्रि फूलको माला खपत हुने एसोसिएशनको आँकलन छ । जसमध्ये स्वदेशमा उत्पादित सयपत्रिबाट १७ लाख माला बन्ने र बाँकी ३ लाख माला आयात गर्नुपर्ने एसोसिशएनका अध्यक्ष मिनबहादुर तामाङले बताए ।

प्रतिगोटा ४० देखि ५० रुपैयाँ पर्ने २० लाख सयपत्रि मालाको कूल मूल्य ११ करोड हुन आउने बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष मालाको मूल्य प्रतिगोटा १० देखि २० रुपैयाँ बढेको बताइएको छ । गत वर्ष सयपत्रिको प्रतिगोटा मालाको मूल्य ३० रुपैयाँदेखि ४० रुपैयाँ कायम थियो । गत वर्ष करिब १० करोड रुपैयाँ बराबरको १८ लाख सयपत्रि माला बिक्री भएको थियो । यसवर्ष गत वर्षको तुलनामा मालाको माग झण्डै ११ प्रतिशतले बढेको एसोसिएशनले जनाएको छ

यसैगरी, यो वर्षको तिहारमा करिब १५ हजार गोदावरी फूलको माला बिक्ने एसोसिशएनले जनाएको छ । र, यसको मूल्य प्रतिगोटा ४०० रुपैयाँकादरले करिब ८० लाख रुपैयाँ हुने बताइएको छ । यस्तै, करिब १ लाख मखमली फूलको माला बिक्ने र यसको मूल्य प्रतिगोटा ४० रुपैयाँका दरले १ करोड ७० लाख रुपैयाँ बराबरको माला बिक्ने एसोसिएशनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय