माछापुच्छे« बैंक लिमिटेड द्धारा सचालित शाखा रहित सेवा केन्द्रको लापरवाही मर्चवार का एक हजार बढीको करोडौ रुपैया खाता मा जम्मा नहुदै गुुम्यो

२०७९ आश्विन २७, बिहीबार
पढ्ने समय : 3 मिनेट

शारदा मल्ल
भैरहवा असोज २७
रुपन्देहीको एक गाउँपालिकाका एक हजार बढी स्थानीयले माछापुच्छ«े बैंक लिमिटेडमा जम्मा गरेको करोडौं रुपैयाँ स्थानीयको बैंक खातामै जम्मा नभएको पाइएको छ । आफन्तले विदेशबाट पठाएको, खेती किसानी र मजदुरीबाट बचाएको रकम जम्मा गर्दै आएका रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५, ७ र अन्य वडाका स्थानीयसँग बैंकमा रकम जम्मा गरेको भौचर छ । तर, माछापुच्छ«े बैंकमा रहेको उनीहरुको खातामा भने रकम छैन । खातामा रहेको रकम कहाँ गयो ? भन्ने स्थानीयको प्रश्नमा बैंकले आलटाले जवाफ दिँदै आएको छ । यसबाट एक हजार बढी स्थानीय पीडित भएका छन्।…
सम्मरीमाई गाउँपालिका–७ का ५० वर्षीया रामदास लोधका दुई छोरा रोजगारीका लागि कतारमा छन् । महिनापिच्छे कतारमा कमाएको रकम आफ्ना बाबु रामदासका नाममा पठाउँछन् । छोराले पठाएको रकम जम्मा गरेर घर बनाउने उनीहरुको योजना थियो । त्यहीअनुसार विदेशबाट छोराले पठाएको रकम रामदासले माछापुच्छ«े बैंकको सम्मरीमाईमा खुलेको शाखारहित कार्यालयमार्फत बैंकमा जम्मा गर्दै आएका थिए । ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुर्याउने उद्देश्यसहित माछापुच्छ«े बैंकले यहाँ स्थानीय एजेन्ट निरंजन पाठकसँग सम्झौत गरेर शाखारहित बैंकिङसेवा दिइरहेको थियो । निरंजनले यहाँ पैसा बैंकमा जम्मा गर्नका लागि स्थानीय सिकन्दर ठाकुरलाई व्यवस्थापक बनाएका थिए । रामदासले उनै ठाकुरलाई पैसा बुझाउँदै पैसा बुझाएवापतको डिपोजिट भौचर ल्याउने गर्थे । गएको साउनमा उनी बैंकको भैरहवा शाखामा पैसा निकाल्न आए । यो अवधिमा उनले बैंकमा ४ लाख रुपैयाँ जम्मा गरिसकेका थिए । तर, बैंकमा आउँदा आफ्नो खातामा ९० हजार रुपैयाँ मात्र भएको बैंकका कर्मचारीबाट जवाफ पाए । बैंकमा सोधे, मेरो अरु पैसा खोइ ? तर, उनले बैंकबाट थाहा भएन भन्ने जवाफ पाए । अहिले उनी बैंकले नै पैसा गायब पारिदिएको भन्दै न्यायको खोजीमा भौतारिरहेका छन् । सम्मरीमाई–५, रोइनिहवाका दयाराम अहिरले पनि रामदासले जस्तै गरी माछापुच्छ«े बैंकको उक्त शाखारहित सेवा लिँदै २१ पटक गरी १५ लाख ८० हजार रुपैयाँ बैंकमा जम्मा गरे । तर, उनको पनि खातामा उक्त पैसा छैन । खातामा पैसा नभएपछि उनले बैंकमा निवेदन दिन गए तर बैंकले उनको पैसा खोजी गर्नु त परको कुरा निवेदनसमेत लिएन् । अहिले सम्मरीमाईमा रामदास र दयाराम जस्ता एक हजार बढी स्थानीय माछापुच्छ«े बैंकमा जम्मा गरेको पैसा गायब भएपछि चिन्तित छन् । उनीहरु न्यायका लागि हारगुहार गरिरहेका छन् ।
बैंकमा रकम जम्मा गर्नेहरु सबै किसान हुन् । कतिका छोराछोरी र श्रीमान विदेश गएर पठाएको पैसा जम्मा गरेका छन् भने कतिले खसीबोका, कुखुरा, भैंसी, दुध, धान, तरकारी बेचेर जति सकिन्छ, त्यती जम्मा गरेका छन् । यसरी किसानबाट जम्मा गरिएको पैसा गायब हुँदा समेत बैंकले कुनै वास्ता नगरेको स्थानीयको आरोप छ । बैंकका एजेन्ट पाठक र व्यवस्थापक ठाकुर खुलेयाम गाउँमा डुलिरहेका छन् । एजेन्ट पाठकले भने व्यवस्थापक ठाकुरले बद्मासी गरेको भन्दै पन्छिने गरेका छन् ।

स्थानीयको निवेदनसमेत बुझ्न नमानेको माछापुच्छ«े बैंकले भने अनुसन्धान भइरहेको भन्दै स्थानीयलाई ढाटछल गरिरहेको छ । बैंकले स्थानीयको करोडौं रकम गायब हुँदासमेत अहिलेसम्म एजेन्टविरुद्ध कुनै उजुरी गरेको छैन भने स्थानीयको मर्का बुझ्ने प्रयास समेत गरेको छैन । उल्टै एजेन्टसँगको सम्झौता तोडेको छ र शाखारहित सेवा बन्द गरेको छ । यसबाट स्थानीय झनै सशंकित भएका छन् । बैंक का केन्द्रीय कार्यालय का प्रवक्ता सुुनिल खतिवडा ले भने अब अनुसन्धान गरेर स्थानीयको मर्का बुझ्ने बताएका छन ।

बैंकमा स्थानीयले आफ्नो गक्ष अनुसार ५ हजारदेखि १६ लाखसम्म जम्मा गरेका थिए । यसरी जम्मा गरेको सबै स्थानीयको गरी करिब ३ करोड बढी रुपैयाँ एजेन्ट र बैंककै कारण गायब भएको छ । पैसा जम्मा गर्ने स्थानीयहरु ले घर बनाउने, जमिन किन्ने, छोराछोरीको बिहेबारीदेखि, भैंसी खरिद गर्ने र छोराछोरी पढाउनेसम्मका योजना बनाएका थिए । तर, एकएक रुपैयाँ गरेर गरिब किसानले जोडेर जम्मा गरेको रकम बैंक र बैंकले राखेका एजेन्टकै मिलिभगतमा गायब पारिएपछि स्थानीयको सपना चकानाचुर भएका छन् । उनीहरु बद्मासी गर्ने बैंक र त्यसका एजेन्टलाई कडा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय