स्वदेशी उत्पादन भन्दा चिनियाँ स्याउको एकाधिकार

२०७९ भाद्र १७, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

भदौ १७
नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको छ। नेपाली बजारमा चिनियाँ स्याउको एकाधिकार रहेको तथ्यांकले देखाएको छ।

नेपालले गत आर्थिक वर्ष २०७८÷०७९ मा चीनबाट करिब ६ अर्बको स्याउ आयात गरेको तथ्यांक छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले ५ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ बराबरको स्याउ चीनबाट आयात गरेको हो ।

गत आर्थिक वर्षमा चीनबाट स्याउ आयात २.८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७७र०७८ मा नेपालले ५ अर्ब ८१ करोड ४० लाख रुपैयाँ बराबरको स्याउ आयात गरेको थियो भने त्यसअघिको वर्षमा ३ अर्ब २२ करोड ७० लाख रुपैयाँ बराबरको स्याउ चीन बाट आयात गरेको तथ्यांक छ। नेपालले धेरै मुलुकबाट स्याउ आयात गर्ने भए पनि चिनियाँ स्याउको एकाधिकार जस्तै रहेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय