भदौ ११,
जनकपुर आसपासका बासिन्दा कुर्था–जयनगर रेल सञ्चालन हुँदा उत्साहित भए पनि रेल सेवाको क्षमता कम हुँदा स्थानीयवासीको माग पूरा गर्न सकेको छैन।
दैनिक एउटा रेल दुईपटक आउने र जाने गर्दा धेरै यात्रु चाहेर पनि रेल चढ्न पाइरहेका छैनन्। झण्डै तीन सय सिट क्षमता रहेकोमा खाँदिएरसमेत झण्डै सात सय यात्रु चढिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।

दुई रेल भए पनि नियमितरुपमा एउटा मात्रै सञ्चालन गर्न सकिएको कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए। उनका अनुसार नियमित मर्मतका लागि र एउटा रेल बिग्रँदा अर्काेले सहायता गर्नुपर्दा एउटा मात्रै नियमित सञ्चालन हुँदै आएको छ। यहाँ बस लगायतका सवारी साधन नियमित नभएको र भाडादर पनि बढी हुँदा यात्रु रेलप्रति नै आकर्षित रहेका छन्। उनले भने, ’अबका महिनामा यात्रु अझै बढ्ने भए पनि रेलको क्षमता नै कम छ।’
यो खण्डमा रेलको पूर्वाधार विसं २०७८ चैत १९ शुभारम्भ भएर त्यसको भोलिपल्टबाट नियमित सञ्चालन भएको थियो। ट्रयाक निर्माण सकिएको र रेल सेट खरिद गरेर पनि लामो समयसम्म त्यसै रहेकाले पनि तत्काल सञ्चालन गर्नु चुनौती रहेको प्रमुख झाले बताए। उनले भने, ’झण्डै १० वर्षदेखि त्यहाँ रेल चल्न सकेको थिएन र नेपाल भारत सीमामा रेल त्यसै छोपेर राखिएको थियो।’
रेल खरिद पहिले नै संरचनागत सुधार गर्नुपर्ने भए पनि त्यो नगरी हतारिएर खरिद भएको प्रमुख झाले बताए। ट्र्याक बनिसकेको र रेल खरिद भएकाले जनस्तरबाट दबाब रहेको र तत्काल सुरु गर्न आवश्यक रहेको उनले बताए। उनले भने, ’जनशक्ति व्यवस्थापन, रेलको वास सेन्टर, फ्युल स्टेशन, वासिङ सेन्टर बनाउनुपर्नेलगायतका संरचना विकास गर्नुपर्ने थियो। तर संरचना नबन्दै रेल चलाउन थाल्नुपर्ने भयो।’
आजसम्म पनि रेलका विभिन्न संरचना बन्न बाँकी छ। यसअघिको व्यवस्थापनबाट भारतको कोनकोन रेल्वे कर्पाेरेशन लिमिटेडसँग करार सम्झौता भएको भए पनि रकम अभावका कारण खरिद हुन नसकेको प्रमुख झाले बताए। आवश्यक संरचना निर्माणका लागि प्रक्रिया सुरु गर्दा रेल चलाउन झण्डै चार÷पाँच महिना ढिलाइ हुनसक्ने र रेल कहिले चल्छ भनी धेरैको उत्सुकता रहेको थियो । उनले भने, ’त्यतिबेला रेल तत्काल चलाएर आवश्यक सुधार गर्ने सोच बनाइएको थियो।’
अहिले धनुषा जिल्लामा पर्ने कुर्थाबाट ३४ दशमलव नौ किमी ट्याक सञ्चालनमा छ। बर्दिवासको बिजुलपूरासम्म १७ किमीमा ट्याक निर्माण सकिएर सञ्चालन गर्न हुने भएको छ। बिजुलपूराबाट बर्दिवाससम्म १८ किमीमा पनि रेलमार्ग निर्माण हुने र अबको केही वर्षपछि ७० किमी रेल चलाउनुपर्नेछ। उनले भने, ’त्यहाँ आवश्यकता र मागका आधारमा रेल पनि सानो रहेको छ।’
अहिले एउटा रेलमा उभिएर र बसेर गरी झण्डै ६५० जनासम्म अटाउँछन्। अहिले कम्पनीसँग दुई थान रेल सेट रहेको छ। दुवै रेल सातामा एकएक दिन गरी दुई दिन नियमित मर्मतका लागि पठाइन्छ। आइतबार एउटा र एउटा सोमबार पठाइने गरिन्छ। मर्मतको दिनमा रेल दिनभर ‘सर्भिस सेन्टर’ हुने र चलाउन नसकिने उनले बताए। उनले भने, ’नियमितरुपमा दुई रेल चलाउन हामीसँग तीन वटा हुनुपर्छ।’
अहिले रेल सञ्चालन मा प्राविधिक कामका लागि भारतीय जनशक्ति करारमा लगाइएको छ।
विसं २०७० सम्म जयनगर–जनकपुर न्यारो गेजमा रेल सञ्चालन भएको थियो। न्यारो गेजलाई ब्रोड गेजमा स्तरोन्नति गर्न भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगर–वर्दिबास ७० किमी खण्डमा निर्माण सुरु भएको थियो। सो मध्ये आधा सम्पन्न भइसकेको छ। –रासस