दशैंको मुखमै चिनियाँ नाकामा रोकियो सामान, समस्या समाधान गर्न सरकारसँग व्यवसायीको आग्रह

२०७९ भाद्र ६, सोमबार
पढ्ने समय : < 1 मिनेट

भदौ ६
दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन।् । नेपालीहरुको महान पर्व दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामानहरु रोकिए पछि व्यवसायीहरु चिन्तित बनेका हुन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कुटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेको छ । आइतबार महासंघका अध्यक्ष कुमार कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न अनुरोध गरेका छन् ।
सिमानामा यहीँ किसिमको अवरोध रहने हो भने धेरै उद्योगी–व्यवसायीहरु पलायन हुन सक्ने खतरा बढेको भन्दै समयमै यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय