आइफोन १४ भारतमै उत्पादन सुरु गर्दै एप्पल

२०७९ श्रावण ३०, सोमबार
पढ्ने समय : < 1 मिनेट

साउन ३०
अब भारतमै स्मार्ट आइफोन १४ को उत्पादन हुने भएको छ । एप्पलले सेप्टेम्बरमा ल्याउन लागेको नयाँ स्मार्टफोन आइफोन १४ को उत्पादनसँगै आपुर्ति पनि भारत र चीनबाट गरिने एक रिपोर्टले जनाएको छ ।

भारतमा अहिलेसम्म आइफोन ११, १२ र १३ को उत्पादन भइरहेको छ भने अब आइफोन १४ पनि उत्पादन हुने भएको हो ।

भारत र चीन दुवै देशबाट पहिलो पटक नै आइफोन १४ आपुर्ति सुरु गर्ने बताइएको छ । एप्पलले चीनसँगै भारतबाट पनि हाइइण्ड फोनको उत्पादन तथा आपुर्ति सुरु गर्ने जनाइएको छ ।एप्पलले आगामी सेप्टेम्बरमा आइफोन १४ सिरिजका आइफोन सार्वजनिक गर्दैछ । आइफोन १४ को मुल्य सुरुमा ८९९ डलर हुने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय