रसुवागढी नाकाबाट न्यून आयात , ११ महिनामा ३ सय ३५ टन चिनियाँ खाद्य सामाग्री आयात

२०७९ असार ७, मंगलवार
पढ्ने समय : 2 मिनेट

असार ७
रसुवागढी नाकाबाट चालु आर्थिक वर्षको ११ महिनामा ३ सय ३५ टन खाद्य सामाग्री आयात भएको छ । नाकाबाट सामाग्री आयात अनियमित हुँदा खाद्य सामाग्रीको आयातमा पनि केही कमी आएको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाका अनुसार नेपालमा रहेका चिनियाँ नागरिकले चिनियाँ खाद्य सामाग्रीको प्रयोग गर्ने गरेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म सबैभन्दा बढी फल तथा सागपातजन्य सामाग्रीको आयात बढी भएको छ । जसमा सोया सस तथा अचार छन् । यो ९६ टन आयात भएको छ ।

कार्यालयको तथ्यांक अनुसार फल तथा सागपातजन्य ९६ टन, खाद्यान्न दलहन तथा अन्य ३९ दशमलव २ टन, मसलाजन्य १४ दशमलव ९३, मासुजन्य २५ दशमलव ०८, दूधजन्य ८ दशमलव १५, चिया तथा कफीजन्य ३८ दशमलव ४५ टन, माछाको अचार १४ दशमलव ४ टन र बदाम, सिजनिङ पाउडर, अजिनामोटो, रेड बिन पेस्ट, डोमा लगायतका ९३ दशमलव १४ टन खाद्य सामाग्री आयात भएको हो ।

चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड बिन पेस्ट, चामल आदि सामाग्रीको आयात हुने गरेको छ । नाकाबाट खाद्यान्न दलहन तथा अन्य प्रकारका सामाग्रीको आयात बढी हुने गरेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा गएको वर्षको तुलनामा खाद्य सामाग्रीको आयात बढेको खाद्य अनुसन्धान अधिकृत नवीन देउवाले बताउनुभयो । अहिले एकद्वार प्रणाली लागू भएपछि इर्पोट पर्मिट नलिएकाको सिस्टमले नै भन्सार गर्न नमिल्ने भएकोले परीक्षण गर्नेको सङ्ख्या पनि बढेको छ। ।

रसुवागढी नाकाबाट आयात भएका चिनियाँ खाद्य सामाग्रीको नमुना परीक्षण बढेको छ । कार्यालयका अनुसार साउनदेखि जेठ मसान्तसम्ममा कार्यालयले २ सय ९७ थान खाद्य सामाग्रीको नमुना परीक्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय