भैरहवा भदौ १९
रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज -यु.सि.यम.यस.) शिक्षण अस्पताललाले स्वास्थ्य संस्थाहरुलाई प्रदान गरिने अन्तर्राष्ट्रियस्तरको उच्च गुणस्तर मापन प्रमाण–पत्र प्राप्त गरेको छ ।
शिक्षण अस्पतलले एन.ए.वि.एच. मान्यता प्राप्त गरेसँगै स्वास्थ्य तथा शिक्षण क्षेत्रमा महत्वपुर्ण उपलब्धी हासिल गरेको हो । यो मान्यताले अस्पतालको विश्वस्तरीय स्वास्थ्य सेवा, बिरामी सुरक्षा र पूर्वाधारको गुणस्तरलाई प्रमाणित गर्ने गर्छ ।
यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार पि.एस.ले एन.ए.वि.एच. मान्यता प्राप्तिले अस्पताललाई अवसरका साथ चुनौती पनि प्रदान गरेको जनाए ।
अस्पतालले सदैव यस मानकलाई कायम राख्न बिरामीको सुरक्षाका लागि उपचारका क्रममा कुनै पनि किसिमको संक्रमण वा जोखिम नहोस् भनी उच्च सतर्कता अपनाउने, अस्पतालमा कार्यरत चिकित्सक, नर्स र प्राविधिकहरूलाई समायानुकुल पूर्ण रूपमा योग्य र तालिम प्राप्त बनाउने पीएसले बताए।
…औषधिको सही प्रयोग, बिरामीको अधिकारको रक्षा र उपचार खर्चमा पारदर्शिता कायम गरिने र पूर्वाधारमा आकस्मिक कक्ष, सघन उपचार कक्ष र शल्यक्रिया कक्षहरु लगायतलाई अत्याधुनिक विश्वस्तरीय मापदण्ड अनुसार रहेको र यसलाई आवश्यक्ता अनुरुप अद्यावधिक गरिने छÚ, उनले भने ।
एन.ए.वि.एच. मान्यताले भारत सरकारको पुर्व सैनिक, आश्रित परिवार तथा केन्द्र सरकार मातहतका पूर्व कर्मचारीहरुको लागि अस्पतालमा सञ्चालित इ.सि.एच.एस. सेवालाई पनि थप सही, प्रभावकारी र व्यवस्थित बनाउने छ । यो शिक्षण अस्पताल पश्चिम नेपालकै ठूलोमा पर्छ ।







