केयू र भारतको आइआइटीबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने सम्झौता

२०७९ जेष्ठ २३, सोमबार
पढ्ने समय : < 1 मिनेट

जेठ २३
विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीले स्नातकोत्तरमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने भएका छन् । संयुक्त कार्यक्रम सञ्चालन गर्न काठमाडौं विश्वविद्यालय, भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, अन्तर्राष्ट्रिय इन्स्टिच्युट अफ इन्फरमेसन टेक्नोलोजी र कलेज अफ मेडिकल साइन्सेस भरतपुरबीच चारपक्षीय सम्झौता भएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपालको काठमाडौं विश्वविद्यालय, भरतपुरको कलेज अफ मेडिकल साइन्सेस र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी र अन्तर्राष्ट्रिय इन्स्टिच्युट अफ इन्फरमेसन टेक्नोलोजी हैदराबादबीच चारपक्षीय सहमति–पत्रमा हस्ताक्षर भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएको समय मा मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए। काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले डिग्रीमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने बताए । उनका अनुसार यो सम्झौतासँगै ५० प्रतिशत काठमाडौं विश्व विद्यालयका फ्याकल्टी र ५० प्रतिशत मद्रासका फ्याकल्टीहरूले पढाउनेछन।् ।
सम्झौता कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षाका क्षेत्रमा नयाँ युगको सुरुवात भएको बताए। लामो छलफलपछि भारतका विद्यार्थीले नेपाल र नेपालका विद्यार्थीले भारतको विश्वविद्यालयसँग मिलेर पढ्न पाउने निर्णयमा सरकार पुगेको उनले बताए ।

उनले भने, ‘शिक्षा कुनै ठाउँ र देशमा सीमित भएर बस्ने कुरा हैन,’ मन्त्री पौडेलले भने, ‘शिक्षा मानव जातिको निम्ति एक ठाउँबाट अर्को ठाउँमा प्रशिक्षित गर्दै अगाडि बढ्ने प्रक्रिया हो ।
अर्थमन्त्री जनार्दन शर्माले आइटी क्षेत्रमा नेपाल धेरैपछाडि परेको बताए । भारत र नेपालको विश्वविद्यालयबीच भएको सहमतिले प्राविधिक शिक्षाका क्षेत्रमा ठूलो मद्दत पुग्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय