सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन चिनियाँ फिल्म महोत्सव

२०८३ बैशाख २७, आईतवार
पढ्ने समय : < 1 मिनेट

बैशाख २७

काठमाडौंमा चिनियाँ चलचित्र देखाइने भएको छ । नेपाल र चिनियाँ सांस्कृतिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले ‘ताइतान अवार्ड पानोरमाः चाइना फिल्म फेस्टिबल इन नेपाल’ नामक महोत्सव हुन लागेको हो ।चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी र इन्टरनेशनल फिल्म फेस्टिकल अर्गनाइजेशन इन्स्टिच्युटको संयुक्त आयोजनामा हुन लागेको महोत्सव आउँदो जेठ १९ गतेदेखि २१ गतेसम्म हुनेछ । काठमाडौंको ठमेलस्थित क्यूएफएक्स सिनेमा छायाँ केन्द्रमा फिल्म देखाइनेछ । नौ वटा चिनियाँ फिचर फिल्म प्रदर्शनी गरिनेमा निर्देशकसँग पोष्ट स्क्रिनिङ प्रश्नोत्तरसमेत हुने जनाइएको छ । यसले चलचित्रको महत्त्वलाई बुझाउन सहयोग पुर्याउने आशा गरिएको छ ।
नेपाल र चीनबीचको सम्बन्ध कुटनीतिक लगायत क्षेत्रमा मजबुत रहेपनि सिनेमाको माध्यमबाट सांस्कृतिक आदानप्रदान सीमित रहेकोले यो महोत्सव गर्न लागिएको आयोजकको भनाइ छ । महोत्सव नेपाली रचनात्मक पारिस्थितिक प्रणाली सुदृढ पार्ने अवसर समेत हुनसक्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय