लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा गर्ने भारतको कदमप्रति काठमाडौंमा प्रदर्शन

२०८३ बैशाख २१, सोमबार
पढ्ने समय : < 1 मिनेट

 

वैशाख २१
भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुला गराएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।
संयुक्त विद्यार्थी संगठनले काठमाडौंको माइतीघरमा सोमबार भारतको उक्त कदमको विरोधमा प्रदर्शन गरेका हुन् ।सरकारले भने उक्त यात्रा हुन लागेको बाटो पर्ने भूमि नेपालकै हो भन्ने कुरामा प्रतिबद्ध रहेको बताएको छ ।
भारतले केही दिन अघि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेको थियो । भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा २०२६ जुनदेखि अगस्ट सम्म सञ्चालन हुने छ ।परराष्ट्र मन्त्रालयले हिजो मात्रै कूटनीतिक नोट पठाउँदै उक्त भू–भागमा कुनै गतिविधि नगर्न दुवै छिमेकी भारत र चीनलाई आग्रह गरेको थियो।यसैबीच भारतले पनि जवाफ फर्काउँदै मानसरोवर जाने बाटो पुरानै विषय भएको दाबी गरेको थियो ।भारतीय विदेश मन्त्रालयद्वारा अप्रिल ३० मा जारी विज्ञप्तिमा यस वर्ष यात्राका लागि कुल २० समूह हुनेछन् ।
तीमध्ये १० समूह उत्तराखण्ड हुँदै लिपुलेख पासबाट र अन्य १० समूह सिक्किम हुँदै नाथु ला पासबाट यात्रा गर्नेछन् । प्रत्येक समूहमा ५० जना यात्रु रहने छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय