बहादुर कर्णेल’ को सालिक निर्माणका लागि रेशम रायमाझीबाट आर्थिक सहयोग

२०८२ कार्तिक २७, बुधबार
पढ्ने समय : 2 मिनेट

पाल्पा कार्तिक २६
पाल्पा बल्ढेङ्गढीका समाजसेवी तथा सहयोगी व्यक्तित्व रेशम रायमाझीले नेपालको इतिहासमा वीरताको प्रतिमूर्तिका रूपमा चिनिएका “बहादुर कर्णेल” गम्भीर सिंह रायमाझीको पूर्णकद सालिक निर्माणका लागि रु १ लाख ५१ हजार ५ सय १० सहयोग प्रदान गरेका छन ।


संयुक्त राज्य अमेरिका (युएसए)मा बसोबास गर्दै आएका रायमाझीले आफ्नो उद्गमस्थल पाल्पा छहरामा निर्माणाधीन सालिकका लागि उक्त सहयोग रकम रायमाझी कुलदेवता समिति केन्द्रीय कार्यालयलाई हस्तान्तरण गरेका छन । करिब रु. ११ लाख लागतमा बन्ने सालिक निर्माण कार्यका लागि उनले आवश्यकता अनुसार थप रकम सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन । रायमाझी परिवारको ऐतिहासिक व्यक्तित्व “बहादुर कर्नेल” नेपाली सेनाका कमाण्डिङ्ग कर्णेल गम्भीर सिंह रायमाझी हुनुहुन्थ्यो । उहाँले तेस्रो नेपाल–तिब्बत युद्धमा देखाएको साहस र भारतको १८५७ सिपाही विद्रोहमा प्रदर्शन गरेको अदम्य वीरता आज पनि नेपाली सेनाको गौरवको अध्याय बनेको छ । भारतको जौनपुर नजिकैको चन्दा क्षेत्रमा भएको भीषण युद्धमा रायमाझीले खुकुरी प्रयोग गर्दै पाँच जना शत्रुलाई पराजित गर्नुभएको थियो । उहाँले कब्जा गरिएको तोपलाई पुनः आफ्नो फौजको नियन्त्रणमा ल्याएका थिए । युद्धकै क्रममा पेटमा गहिरो चोट लाग्दा आन्द्राभुँडी बाहिर निस्किएको अवस्थामा उहाँले तत्कालै कचौरामा राखी पटुकाले बाँधेर युद्धलडी सफलता प्राप्त गर्नुभएको थियो । यस अद्भुत साहसका कारण उनलाई तत्कालिन नेपाल सरकारले ‘बहादुर कर्नेलको’ पदवी प्रदान गरेका थियो । नेपाली सेनाले रायमाझीको योगदानलाई सदैव स्मरण गर्दै आएको छ । उहाँको स्मरणमा रायमाझी कुलदेवता समितिले पाल्पाको छहरामा निर्माण गर्नका लागेको पूर्णकदको सालिकका निम्ति रेशम रायमाझीले आर्थिक सहयोग प्रदान गर्नुभएको हो । रेशम रायमाझी, पाल्पा बल्ढेङ्गढी निवासी नरबहादुर रायमाझीका नाती र समाजसेवी निरखबहादुर रायमाझीका सुपुत्र हुन् । विदेशमा रहँदै पनि आफ्नो जन्मभूमिप्रति समर्पित रायमाझीले विगतका वर्षहरूमा समेत थुप्रै सामाजिक र मानवीय कार्यहरूमा आर्थिक सहयोग पु¥याउँदै आउनुभएको छ ।
रायमाझीले बल्ढेङ्गढी निवासी मृगौला पिडित विमला रास्कोटीलाई रु. १ लाख ५ हजार ८ सय २५, जगद्गुरु पीठ भैरहवालाई भजन सामग्री खरिदका लागि रु. ४० हजार बराबर सहयोग गर्नुभएको छ । पाल्पा बल्ढेङ्गढी समाजलाई २७ हजार लगायत धेरै व्यक्ति तथा संघसस्थालाई रेशम रायमाझीले यो आर्थिक वर्षमा मात्र सहयोग प्रदान गरेको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय