मुस्ताङको उत्तरी भागमा भारतीय दूतावासको सहयोगमा विद्यालयको शिलन्यास

२०८२ जेष्ठ २७, सोमबार
पढ्ने समय : < 1 मिनेट

जेठ २६
चीनसँग सीमाना जोडिएको मुस्ताङको उत्तरी भागमा भारतीय दूतावासको सहयोगमा विद्यालयको छात्रावास र चमेनागृह भवन शिलान्यास गरिएको छ । लोमान्थाङ गाउँपालिका–२, छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालय हातामा २४ कोठे छात्रावास भवन र चमेनागृह बनाउन लागिएको हो ।
काठमाडौंस्थित भारतीय दूतावासका उपनियोग प्रमुख प्रसन्न श्रीवास्तव र पालिका अध्यक्ष टासी नोर्बु गुरुङद्वारा संयुक्त रुपमा उद्घाटित उक्त भवन चार करोड ३० लाख ८५ हजार ३४९ रुपैयाँमा बनाउन लागिएको हो । भवन निर्माणमा कूल लागतमध्ये भारतीय दूतावासले ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लगानी गर्ने बताइएको छ ।
एकदेखि १० कक्षासम्म अध्यापन हुने उक्त विद्यालयमा ६५ जना विद्यार्थी छन् । भवन निर्माणका लागि जग्गा स्थानीय टासी याङजिनले उपलब्ध गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय