भारतले जफत गर्यो चिनियाँ स्मार्टफोन कम्पनी शाओमीको साढे ७२ करोड डलर, साढे ५५ अर्बमाथि अनुसन्धान जारी

२०७९ बैशाख १८, आईतवार
पढ्ने समय : < 1 मिनेट

बैशाख १८
भारतले चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीमाथि विदेशी विनिमय अपचलनको अनुसन्धान अगाडि बढाएको छ ।

कम्पनीमाथि यसबारे सोधपुछ बढाइएको भोलिपल्ट वित्त मन्त्रालय अन्तर्गत प्रवर्तक निर्देशनालयले शनिबार शाओमी टेक्नोलोजी प्रा.लि. को ५५ अर्ब ५१ करोड नियन्त्रणमा लिएको छ ।

भारतीय स्मार्टफोन बजारको २४ प्रतिशत हिस्सा ओगटेको शाओमीमाथि विदेशी मुद्रा विनिमय व्यवस्थापन नियमावलीको उल्लंघन अन्तर्गत कारबाही बढाइएको उल्लेख छ । चीनमा मुख्यालय रहेको शाओमीको भारतमा पनि लगानी रहेको छ । उसको साढे ५५ अर्ब भारु त्यहाँको बैंकहरुमा थियो । उक्त कम्पनीको गैरकानूनी रेमिटेन्ससँग सम्बन्धित विषयमा छानबिन भइरहेको इन्डियन एक्सप्रेसले लेखेको छ ।

यही महिनाको सुरुमा शाओमीका ग्लोबल उपप्रमुख मनु कुमार जैनसँग निर्देशनालयले सोधपुछ गरेको छ । कम्पनीले सन् २०१४ मा स्थापना भई २०१५ देखि विदेशमा रकम पठाएको उल्लेख छ । अहिलेसम्म साढे ५५ अर्ब रेमिटेन्समार्फत् पठाएको भनिएको छ ।

यसैबीच समाचार संस्था रोयटर्सका अनुसार गैरकानुनी तरिकाले भारतबाट रेमिट्यान्स विदेश पठाएको भन्दै भारतले शाओमीको साढे ७२ करोड अमेरिकी डलर जफत गरेको छ । आर्थिक अपराध नियन्त्रणसम्बन्धी निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (आइबी) ले शनिबार शाओमीको सम्पत्ति जफत गरेको हो । शाओमीले भारतीय कानुनको उल्लंघन गरेको आइबीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय