प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव ः बीआरआई परियोजना स्वीकार गर्नुपर्छ

२०८१ मंसिर १०, सोमबार
पढ्ने समय : < 1 मिनेट

मसिर १०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बीआरआई परियोजना स्वीकार गर्न सुझाव दिएका छन् ।
बीआरआई नेपालको हितमा रहेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले यसबाट लाभ लिनुपर्ने बताए । चीन भ्रमणका एजेण्डाबारे आज प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलमा सहभागी पूर्वप्रधानमन्त्री नेपालले भने, ‘बीआरआई प्रोजेक्ट नेपालको हितको विरुद्धमा छैन । नेपाल जस्तो देशले लाभ लिनुपर्छ ।’

बीआरआईलाई नेपालले पहिले नै स्वीकार गरिसकेको बताउँदै उनले भने, ‘लाभ लिने कुराको सन्दर्भमा हामीले सबैसँग सम्बन्ध राख्ने गर्दछौं, लाभ लिने गरेका छौं । बीआरआईसँग त उहिले नै आबद्ध भइसक्या छौं ।’

नेपालले कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषयमा नअल्झिन प्रधानमन्त्री ओलीलाई सुझाव दिए । उनले जुन देशले पहिले निम्ता दिन्छ त्यही देशको भ्रमण हुनुपर्ने बताए ।

नेपालले नेपाल शान्ति भूमि हो भन्ने कुरालाई ध्यानमा राखेर सबैसँग सुमधुर सम्बन्ध कायम राख्न ओलीलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय