प्रकाश न्यौपाने
भैरहवा, बैशाख २६
नेपाल राष्ट्रिय मारवाडी युवा संठगन केन्द्रीय समितिको आयोजनामा भैरहवामा जारी चौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिग अन्तर्गत समूह ‘बी’ को बुधबारको पहिलो खेलमा लुम्बिनी लायन्स विजयी भएको छ । लुम्बिनीले जनकपुर रोयल्सलाई ६ विकेटले पराजित गर्दै जित निकालेको हो ।
जितका लागि पाएको १ सय ६ रनको लक्ष्य लुम्बिनीले १६ ओभर ४ बलमा ४ विकेटको नोक्सानीमा पूरा गर्दै जित निकाल्यो । उसको जितमा आदर्श कागिजवालले ४५, दिनेश अग्रवालले अविजित २५ र मनिष गर्गले नटआउट १० रनको योगदान दिए । बलिङमा जनकपुरका अनमोल चौधरीले २ तथा आषिश सराफले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ५ रनको सामान्य योगफल बनाएको थियो । उसका लागि हर्ष शर्माले ३३, कुनाल गोयन्का र आषिश सराफले १५–१५ तथा आकाश मोहन्काले १० रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा उसलाई सस्तैमा रोक्न लुम्बिनीका शुभम अग्रवाल, राहुल अग्रवाल, सोमेश अग्रवालले समान २–२ तथा किशन शर्मा र अशोक डागाले १–१ विकेट लिए । खेलमा शुभम अग्रवाल म्यान अफ द म्याच भए ।
दोस्रो खेल शिवम् वारियर्स हेटौँडा र नेपालगंज वारिसर्यबीच जारी भइरहँदा पानी परेपछि अबरुद्ध भएको छ । प्रतियोगितामा १४ टीम सहभागी छन् । यसमध्ये समूह ‘ए’ र ‘सी’ का खेलहरु विराटनगरमा भइरहेका छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने मूलपानी क्रिकेट मैदान काठमाडौंमा हुनेछन् ।
मारबाडी क्रिकेट लिगः लुम्बिनी लायन्स ६ विकेटले विजयी
२०८१ बैशाख २६, बुधबार
पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2024: Siddharth Online सर्वाधिकार सुरक्षित| बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal Pvt.Ltd