नेपाल–चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, बेल्ट एन्ड रोड कोअपरेसन फ्रेमवर्कमा चाँडै हस्ताक्षर गर्ने प्रतिबद्धता

२०८१ मंसिर १८, मंगलवार
पढ्ने समय : < 1 मिनेट

मसिर १८
विगतका सम्झौता, सहमति तथा निर्णयहरूको द्रूत कार्यान्वयन गर्दै नेपाल र चीनले बेल्ट एन्ड रोड कोअपरेसन फ्रेमवर्कमा चाँडै हस्ताक्षर गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको चार दिने औपचारिक भ्रमणका क्रमा दुवै पक्षले १२ बुँदे संयुक्त वक्तव्य जारी गर्दै बेल्ट एन्ड रोड कोअपरेसन फ्रेमवर्कमा चाँडै हस्ताक्षर गर्ने प्रतिबद्धता जनाएका हुन्।

‘दुवै पक्ष दुई देशले संयुक्त रूपमा सञ्चालन गरेका कार्यक्रमहरू, आयोजना र गतिविधिहरू सम्पन्न गर्नका साथै हस्ताक्षर गरेका सम्झौताहरू, सहमति र निर्णयहरूको समयमै र द्रूत कार्यान्वयन सुनिश्चित गर्न सहमत भएका छन्,’ वक्तव्यमा भनिएको छ, ‘दुवै पक्षले आ–आफ्ना विकास रणनीतिहरूको तालमेललाई बलियो बनाउन र अझ गहिरो, ठोस र उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहायतालाई अघि बढाउन सहमत भए। दुवै पक्षले हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण र बेल्ट एन्ड रोड कोअपरेसनको ढाँचा निर्माण गर्ने विषयमा जतिसक्दो चाँडो एमओयूमा हस्ताक्षर गर्न तयार रहेको बताए।

दुवै पक्षले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रुपान्तरण गर्नका लागि बन्दरगाह, सडक, रेलमार्ग, उड्डयन, पावर ग्रिड र दूरसञ्चारजस्ता क्षेत्रमा दुई देशबीचको सम्पर्कलाई सुदृढ गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको वक्तव्यमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय