जिल्ला प्रशासन कार्यालय रुपन्देहीका कम्प्युटर अपरेटर घिमिरे उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित

२०८१ भाद्र २२, शनिबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा भदौ २२
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कार्यरत कम्प्युटर अपरेटर युवराज घिमिरे उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका छन् । कम्प्युटर अपरेटर पदमा रही उच्च मनोबलका साथ दायित्व सम्पन्न गरेको भन्दै निजामती सेवा दिवस २०८१ को अवसरमा उनलाई सम्मान गरिएको हो ।

निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको परिसम्वाद कार्यक्रममा घिमिरेलाई दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको हो । उनलाई लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल सम्मान गरेका थिए।
आर्थिक वर्ष २०८१÷०८२ को लागि घिमिरेलाई उत्कृष्ट कर्मचारी छनौट गरी सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
कार्यक्रममा रुपन्देहीबाट निजामती सेवा पुरस्कारका लागि छनौट भएका उच्च अदालत तुलसीपुर बुटवलका इजलास अधिकृत कृष्णप्रसाद पौडेललाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय