स्वर्गद्धारी घाटमा मेसिनरी उपकरणको मर्मतसम्भार सुरु

२०८२ बैशाख २६, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा, बैशाख २६
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित स्वर्गद्धारी घाटमा रहेको विद्युतीय शवदाहगृहको जिर्णोउद्धारको काम तिव्र पारिएको छ।

शवदाहगृहमा जडित मेसिनरी उपकरणमा समस्या उत्पन्न भएपछि विद्युतीय माध्यमबाट शवको अन्त्येष्टि गर्न समस्या भएको थियो। उक्त समस्या निराकरण गर्न पालिकाले गत शुक्रवार मर्मत सम्भारका लागि युरोटेक नेपाल प्रालि नामक कम्पन्नीसगं सम्झौता गरेको छ।सम्झौता पश्चात मर्मत सम्भारको कार्य सुरु भएकोले छिट्टै शवदाहगृह सचांलनमा आउने सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए। उनले गुणस्तरीय रुपमा काम सम्पन्न गर्न निर्देशन दिएका छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय