सिद्धार्थ उद्योग वाणिज्य संघले गर्याे नयाँ प्रहरी उपरीक्षक क्षेत्रीलाइ लाई स्वागत तथा छलफल

२०८२ बैशाख २५, बिहीबार
पढ्ने समय : 3 मिनेट

भैरहवा बैशाख २५
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले जिल्लामा आउनु भएका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीलाई स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
संघको सभाहलमा विहिवार भएको स्वागत तथा भेटघाट कार्यक्रममा संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले स्वागत गर्दै यसक्षेत्रमा रहेका उद्योगी व्यवसायीको सुरक्षामा विशेस ध्यान दिन अनुरोध गर्नुभयो ।
उहाँले खुल्ला सीमाका कारण यहाँको उद्योग व्यवसायीलाई समस्या श्रृजना हुने गरेको भन्दै चोरी तस्करी र सीमा अपराधलाई नियन्त्रण गर्न प्रहरीले भुमिका खेल्नुपर्ने सुझाव दिनुभयो।
स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले समाजको शान्ती सुरक्षामा नागरिक आफै जिम्मेवारी हुनुपर्ने बताउनुभयो ।
प्रहरीमा अहिले मिटर व्याजी तथा केहि लेनदेनका मुद्धाहरुको दर बढ्दो रहेको बताउदै त्यसलाई सहजीकरण गर्नका लागि टिम तयार गरेर कार्य गरिरहेको जानकारी दिनुभयो । जिल्लामा गोलि काण्ड तथा अपराधका घटनाहरु आफु आउनुभन्दा पहिला घटेका छन् ।
त्यसको अनुसन्धान प्रहरीले सुक्ष्मरुपमा अध्ययन गरिरहेको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिनुभयो । रुपन्देहीमा केहि चोरी तस्करी हुने गरेका खवरहरु प्राप्त भएकाले त्यसको रोकधामका लागि आफुले मातहतलाई कडा निर्देशन दिएको कार्यक्रममा एसपी क्षेत्रीले जानकारी दिनुभयो ।
सुरक्षाका कारण सीमाक्षेत्रमा परिचय पत्रको आधारमा आवत जावत गर्नका लागि आम नागरिकलाई अनुरोध गर्दै प्रहरी उपरीक्षक क्षेत्रीले स्थानीय जनसमुदायको सल्लाह सुझावमा आफुले काम गर्ने बताउनुभयो ।
यो बजारमा ट्राफिक व्यवस्थापनमा केहि समस्या रहेको भन्दै सवैले मिलेर यसको समाधानका लागि सहकार्य गर्नपर्ने भनाई उहाँले राख्नुभयो ।
नागरिकको सुरक्षाका लागि आफुले सवै शक्ती परिचालन गरिरहेको भन्दै एसपी क्षेत्रीले सुरक्षाको जिम्मेवारी आफ्नो रहेकाले ढुक्क भएर व्यापार व्यवसायी सञ्चालन गर्न अनुरोध गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले नेपालको पर्यटन क्षेत्रको मुख्य नाका बेलहिया पनि यहि पर्ने भएकाले यहाँको सुरक्षालाइ जिम्मेवारी रुपमा कार्य गर्न अनुरोध गर्नुभयो । उहाँले नीजि क्षेत्र संग सहकार्य गरेर काम गर्न आग्रह गर्दै रोलमोडल कमाण्डर परिचय बनाउन सुझाव दिनुभयो ।
संघका निर्वतमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले जिल्ला प्रहरी प्रमुख क्षेत्रीलाई सफलताको शुभकामना दिदै सहकार्यका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ तयार रहेको जानकारी दिनुभयो । सीमाक्षेत्रमा उद्योग व्यवसायी सञ्चालन गरेका व्यवसायीलाई प्रहरीले दुःख दिने गरेको भन्दै सहजीकरणका लागि उहाँले आग्रह गर्नुभयो ।
संघ पूर्व अध्यक्ष तथा सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद शर्माले यो जिल्ला संवेदशिल जिल्ला भएको जानकारी दिदै यहाँ विगतमा भएका गोलि काण्ड तथा चोरी तस्करी र डकैतीको अनुसन्धानमा प्रहरी चुकेको बताउदै यस्तामा प्रहरी संवदशिल हुनुपर्ने बताउनुभयो । उहाँले प्रहरीले पनि सेवा दिनका लागि कहिले काही पेशा भन्दा माथी नेपाली नागरिक हो भन्ने सोचका साथ नेपाल र नेपालीको सेवामा गंभिर भएर लाग्नुपर्ने सुझाव दिनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु प्रसाद शर्माले सिद्धार्थनगर भित्र पर्ने बेलहिया नाका देशका ७७ वटै जिल्लाका मानिसहरुले प्रयोग गर्ने सीमा नाका भएको जानकारी दिनुभयो । उहाँले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल तथा महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी जस्तो पवित्र स्थल भएको जिल्ला भएका कारण सुरक्षालाई व्यवस्थित गर्ने योजनामा स्थानीय संग सहकार्य गरेर अगाडी बढ्न सुझाव दिनुभयो ।
सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष तथा होटल नान्समा सञ्चालक चन्द्र प्रकास श्रेष्ठले सडक पेटीमा सवारी साधन तथा मोटर साईकल पार्किङ गर्ने गर्दा पर्यटकलाई हिड्डुल गर्न समस्या भएको जानकारी दिनुभयो । उहाँले रात्री कालिन बजार खुल्ला गर्नुपर्ने भन्दै पर्यटन क्षेत्रको विकासमा सहयोग पुराउन अनुरोध गर्नुभयो । देशको समृद्धिका लागि पर्यटनक्षेत्र महत्वपूर्ण रहेको बताउदै श्रेष्ठले प्रहरी संग पर्यटन व्यवसायी हातेमालो गर्न तयार रहेको बताउनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकार राम कुमार शर्माले सीमाक्षेत्रमा लागु औषध प्रयोग गर्दा र ओसारपसार गर्नेहरुको सख्यात्मक बृद्धिले युवापुस्तालाई गलत मार्गमा हिडाएको बताउनुभयो ।
संघका सल्लाहकार वरिष्ठ अधिवक्ता शिव गौडेलले प्रहरीले नागरिकलाई दुःख दिने उद्धेश्यका साथ जाहेरी लिने तर त्यसको अनुसन्धानमा जालझेल गर्ने गरेको भन्दै त्यस तर्फ नयाँ प्रहरी प्रमुखले ध्यान दिन आग्रह गर्नुभयो ।
संघका सल्लाहकार गोपाल भण्डारीले बजारमा पछिल्लो चरण दिनमा भिख मागेर हिड्नेहरु रातीको समयमा चोरी कार्यमा लाग्ने गरेको भन्दै यस्ता भिखमाग्ने मानिस र पानपसलहरुमा देखिने अपरिचित व्यक्तिलाई प्रहरीले पहिचान गर्नुपर्ने वताउनुभयो ।
संघका सचिव मंगल भण्डारीले विभिन्न पार्टी तथा विवाहमा वजाईने वाजा तथा साउण्डले गर्दा ध्वनी प्रदुषण बढदो रहेकाले यसको रोकथामका लागि अनुरोध गर्नुभयो ।
संघका कार्यसमिति सदस्य विकास गोयङ्काले मर्चवारका कृषकहरुले खाध्यान्न विक्रि वितरणमा प्रहरीले समस्या पार्ने गरेको बताउनुभयो । २४ औँ घण्टा खुल्ने रेष्टुरेन्टहरुमा होहल्लाले गर्दा स्थानीयहरुलाई समस्या श्रृजना हुने गरेको गोयङ्काले जानकारी दिनुभयो ।
संघका कार्यसमिति सदस्य कमल ज्ञवालीले रुपन्देहीमा अस्वस्थ भारतीय बजारबाट मासुको तस्करी नेपाल तर्फ तस्करी भई बढ्दो रुपमा आउने गरेकाले नियन्त्रणका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी प्रमुख क्षेत्रीलाई अनुरोध गर्नुभयो । उहाँले मासुजन्य पदार्थमा तस्करीका कारण नेपालमा कृषक तथा पोल्ट्री व्यवसायी संकटमा परेको बताउनुभयो ।
संघका कार्यसतिमि सदस्य रचना क्षेत्रीले नयाँ युवामा लागुऔषध सेवन तथा दुव्र्यसनी बढदो रहेकाले प्रहरी त्यस तर्फ चनाखो भएर नागरिक संग सहकार्य गर्नुपर्ने बताउनुभयो ।
लुम्बिनी निर्माण व्यवसायी संघका महासचिव तथा संघका कार्यसमिति सदस्य प्रितम रौनियारले सडक डिउटीमा रहेका प्रहरी सधै मोवाइल फोनमा व्यस्त देखिने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने सुझाव दिनुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दुले प्रहरी उपरीक्षक क्षेत्रीलाई शव्द द्धारा स्वागत गर्दै उद्योग व्यवसायीको सुरक्षालाई प्राथामिकता दिन अनुरोध गर्नुभयो । सीमाक्षेत्रमा आउने पर्यटकलाई प्रहरीले सहजरुपमा भुमिका खेल्नुपर्ने वताउदै उद्योगी व्यापारीलाई सुरक्षाको अनुभुती दिने काम गर्न आग्रह गर्नुभयो ।
स्वागत तथा भेटघाट कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघको कार्यसमिति, सल्लाहकार, परामर्शदाता र उद्योगी व्यवसायीको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय