भैरहवाका दुई युवा द्धारा ७० लाख लगानीमा ‘जीओडी’ सचालन

२०८१ मंसिर १५, शनिबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा मंसिर १५
रुपन्देहीको भैरहवामा गार्डेन अफ ड्रिङ्स (जीओडी) सञ्चालनमा आएको छ । भैरहवाका दुईजना युवाहरु रमेश कान्दु र दीपक बनियाले ७० लाख रुपैयाँ लगानीमा उक्त रेष्टुरेण्ट सञ्चालनमा ल्याएका छन् ।


सिद्धार्थनगर नगरपालिका–५ स्थित मैत्रीपथमा सञ्चालनमा आएको रेष्टुरेण्टको शनिबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्घाटन गरेका हुन । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले अहिलेको विषम परिस्थितिमा समेत लगानी गरेर नयाँ रेष्टुरेण्ट सञ्चालनमा आउनुले सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

गार्डेन अफ ड्रिङ्स (जीओडी) मा नेपालीसहित विदेशी स्वादिष्ट खानाका परिकार उपलब्ध रहेको सञ्चालकले जनाएका छन् ।
सञ्चालक रमेश कान्दुले केही समययता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गुल्जार बन्न थालेपछि विमानस्थललाई लक्षित गरी रेष्टुरेन्ट सञ्चालन गरिएको बताए । लुम्बिनी आउने पर्यटकलाई पनि लक्षित गरिएको तथा स्थानीय र आन्तरिक पर्यटक रेष्टुरेण्टको मुख्य पाहुना भएको कान्दुले बताए ।

रेष्टुरेण्टमा सबैप्रकारका ड्रिङ्सका साथै स्वादिष्ट कफी पाइने उनले जानकारी दिए । त्यस्तै नेपाली खानासँगै थकाली, थाई, चिनियाँ, इण्डियन खाना, तन्दरी, खाजासेट यहाँ पाइने उनले बताए।
अर्का सञ्चालक दीपक बनियाले रेष्टुरेण्टमा एकैपटकमा १ सय २० जनालाई सेवा दिन सक्ने गरी डेकोरेसनसहितको पार्टेसन गरिएको बताए । रेष्टुरेण्ट विस्तारै २४ सै घण्टा सञ्चालन गरिने उनले बताए । रेष्टुरेण्टमा हाल ४० जनाले रोजगारी पाएका छन् ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले रेष्टुरेण्टले भैरहवालाई अझै चलायमान बनाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय